दफा ४४
प्राधिकरणको कोष
(१) प्राधिकरणको आफ्नो एउटो छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) अनुमतिपत्र दस्तुर तथा त्यसको नवीकरण, संशोधन, बिक्री वा हक हस्तान्तरण दस्तुर बापत प्राप्त रकम ।
(ग) विदेशी सरकार वा संघ, संस्थाबाट अनुदान स्वरुप प्राप्त रकम ।
(घ) अन्य कुनै श्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) प्राधिकरणको कोषमा रहने रकम नेपाल ………….. भित्र कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको संचालन प्राधिकरणले तोके बमोजिम हुनेछ ।
(४) उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम खर्च भएको रकम र सो को पचास प्रतिशतले हुन आउने रकम बाहेकको अन्य रकम प्राधिकरणले प्रत्येक वर्ष साउन २५ गतेभित्र सङ्घीय सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।